Sunday, January 28, 2018

औद्योगिक क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई ........... भनिन्छ । औद्योगिक क्रान्ति
• औद्योगिक क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ?  अठारौं शताब्दिको मध्यबाट
• कागजको आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ?  चीन
• बेलायतमा पहिलो रेल कहिले बनेको हो सन् १८०४ मा
• औद्योगिक क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य मूलुकहरूमा
• वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् रिचर्ड आर्कराइट

फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर
• राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो स्टेट जनरल
• फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को थिए लुई सोह्रौं
• फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो सन् १७८९
• फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो letter de chachet
• राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए Luis
• विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति
• मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छफ्रान्सेली राज्यक्रान्ति
• सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए रुसो

रूसी/अक्टोबर क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

• रूसी क्रान्ति (अक्टोवर क्रान्ति) सफल भएपछि शासनको नेतृत्व कसले गरे ? लेनिन
• Red Terror भनेको के हो जार निकोलस द्वितियले लिएको दमन नीति
• अक्टोवर क्रान्तिपश्चात झण्डै १३,००० (तेह« हजार) सरकार विरोधी मानिसहरूलाई फाँसी दिइएको घटनालाई विश्व इतिहासमा के का नामले चिनिन्छ ? लाल आतंक
•  रुसी सामन्तवादी व्यवस्थामा जमिन्दार वर्गको सुरक्षाको लागि दिने जमिनलाई के भनिन्थ्यो भेनर
•  जोसेफ स्टालिन कहिले रुसी कम्युनिष्ट पार्टीको महासचिव भए सन् १९२२
• रुसको कम्युनिष्ट सरकारलाई अमेरिकाले कहिले मान्यता दिएको हो ? सन् १९३३
• भि.आइ.लेलीनको मृत्यु कहिले भएको हो ? सन् १९२४ जनवरीमा
• स्टालिन कहिले रुसी सरकारका अध्यक्ष भए सन् १९२४ जनवरीमा

लिच्छविकाल सम्बन्धी वस्तुगत प्रश्नोत्तर



 • मानगृह कसले निर्माण गरेका थिए ? मानदेव
• नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् मानदेव 
• मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् मानदेव
• मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष
• गुमेको पैत्रिक राज्यमा अधिकार जमाउने लिच्छवी राजा को हुन् नरेन्द्रदेव
• लिच्छवीकालमा धातुको मूर्ति बनाउने ठाउँलार्ई के भनिन्थ्यो ? ताम्रकुट्टशाला
• लिच्छवीकालमा कुन भाषा प्रचलित थियो संस्कृत
नेपालका प्रथम प्रामाणिक राजा को हुन् मानदेव
• स्वयंभूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम उल्लेख छ मानदेव 
• नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहास भेटिएको छ? मानदेव
• नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् मानदेव

नेपालको शासन पद्धति र सरकार

नेपालको बर्तमान संबिधान
संविधानको परिचय 
संविधान  राज्य  सञ्चालन  सम्बन्धी  सिद्धान्तहरू  यकिन  गर्ने,  राज्य शक्तिकोबाँडफँड गर्ने र नागरिकका हक अधिकारको संरक्षण गर्ने राज्यको मूल  कानून हो । संविधान अन्तरगत संविधानको कार्यान्वयन गर्न अन्य कानूनहरू निर्माण  गरिन्छन्  ।  यसले  शासकको  अधिकारको  सीमा  तोक्नेदेखि  शासकिय  प्रणालीको स्वरूप र संरचना यकिन गर्ने कार्य समेत गर्दछ ।संविधान विभिन्न प्रकारले निर्माण गरिन्छन् । वेलायती अलिखित संविधान परिस्कृत कानूनहरूको संग्रह हो । सामान्य कानूनमा आएको निखार र परिपक्वताले संवैधानिक हैसियत स्वरूप कार्य गर्दछ ।

केहि विषयको अध्ययन गर्ने विज्ञान

Toxicology              विषयको प्रकृतिस्वाभाव र शरीरमा त्यसले पार्ने असरवारे अध्ययन गर्ने विज्ञान
एकोस्टिक (Acoustic) ध्वनि प्रसार र ग्रहणबारे अध्ययन गर्ने विज्ञान ।
एनाटोमी (Anatomy)   शरीरको चिरफार गरी यसको संरचनाबारे अध्ययन गर्ने विज्ञान  ।
एस्ट्रोलोजी (Astrology)           ज्योतिषशास्त्र वा नक्षत्रशास्त्रबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोनोमी (Astronomy)          गणितज्योतिषअन्तरिक्ष पिण्डको अध्ययन गर्ने विज्ञान ।
ब्याक्टेरियोलोजी (Bacteriology)         जीवाणु सम्बन्धित रोगहरुको उत्पत्ति,विस्तार तथा त्यसको निवारणबारे अध्ययन गर्ने विज्ञान
वोटानी (Botany)         वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा
वायोलोजी (Biology)   जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने विज्ञान
बायोनोमी (Bionomy)  जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञान
सेरामिक्स (Ceramics) माटोका भाँडा निर्माण गर्ने कला

संयुक्त राष्ट्र संघ

परिचयः
अन्तर्राष्ट्रिय रुपमा शान्ति र सूरक्षा कायम राख्दै राष्ट्रहरुकावीच मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्धेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्र संघ हो । यस संस्थाको स्थापना राष्ट्रसंघ नामक संस्थाको उत्तराधिकारी संस्थाको रुपमा भएको थियो । प्रथम विश्वयुद्धको समाप्ति पश्चात राष्ट्र«संघको स्थापना भएको र यसले आफ्नो उद्धेश्य मुताविक कार्य गर्न नसकेपश्चात दोस्रो विश्वयुद्ध भएको थियो । जुन राष्ट्रसंघको असफलताको रुपमा समेत लिने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुवर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्र«संघमा शुरुमा हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्यान्ड समेतका ५१ राष्ट्रलाई UNO का संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमूख उद्धेश्य लिएको संस्था संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय,१११ दफा र १० हजार शब्दहरु रहेका छन् ।

तराई प्रदेश

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

पहाडी प्रदेश



• तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
• नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।

• नेपालको कूल क्षेत्रफलको ६८ % भूभाग ओगटेको,
• कृषि पेशा नै यहाँको प्रमुख पेशा,
• भित्री पहाड (मध्य भूमि)महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
• यहाँ ब्राम्हणक्षेत्रीकिराँतगुरूबमगरतामाबराईलिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

हिमाली प्रदेश

• समुद्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भूभागलाई हिमाली प्रदेश भनिन्छ ।
• उत्तरदक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भूभाग ओगटेको छ ।
• नेपालको राष्ट्रिय जनगणना२०६८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% जनता हिमाली क्षेत्रमा बसोबास गर्दछन् ।
• नेपालको १६ जिल्लाको अधिकांश भूभाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।

• पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
• भूबनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालयभित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

नेपालको भौगोलिक अवस्थिति

  • ·         नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ । 
  • ·         नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ । 
  • ·         कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भूभागको ०.०३% र एसिया महादेशको ०.३% भू भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि.न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ । 

अन्टार्कटिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर

– विश्वको पाँचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
– अन्टार्कटिका महादेशले विश्व भूक्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? – ९.३८ प्रतिशत
– अन्टार्कटिका महादेशको अक्षांशीय फैलावट कति छ ? – ६६° दक्षिणी अक्षांशदेखि ९०°दक्षिणी अक्षांशसम्म
– अन्टार्कटिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ११४° पूर्वी देशान्तरदेखि १५३°पूर्वी देशान्तरसम्म
– प्रायः वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? – अन्टार्कटिका
– मानव वसोवास नभएको जनशून्यको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? –अन्टार्कटिका
– अन्टार्कटिका महादेशको पश्चिममा प्रशान्त महासागरपूर्वमा आन्ध्र महासागर,क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक
– ह्वेल माछा तथा सुन्दर पंक्षी किवीकोलागि प्रसिद्ध महादेश कुन हो ?         –अन्टार्कटिका
– विश्वकै सबैभन्दा लामो हिमनदी कुन हो ? – ल्याम्बर्ट ग्लेसियरअन्टार्कटिका
– सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ? – अन्टार्कटिका

अष्ट्रेलिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर

– विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्टे«लिया
– अष्ट्रेलिया महादेशले पृथ्वीको कूल स्थल भागको कति प्रतिशत भूभाग ओगटेको छ ? – करिब ५.१५ प्रतिशत
– अष्ट्रेलिया महादेशको पूर्वपश्चिम सरदर लम्बाइ कति छ ? – ३९०० किलोमिटर
– अष्ट्रेलिया महादेशको उत्तरदक्षिण सरदर चौडाइ कति छ ? – ३१५० किलोमिटर
– अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो ? – ग्रेट भिक्टोरिया
– अष्ट्रेलियाको दक्षिणी पूर्वमा अवस्थित देश न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ? –दक्षिणको ब्रिटेन
– ‘विचित्रताको महादेश’ भनी कुन महादेशलाई चिनिन्छ ? – अस्टे«लिया
– अष्ट्रेलियाको दक्षिण भाग (सन् १६४२)मा कसले पत्ता लगाएका हुन् ? – एबेल तस्मान
– भौगोलिक दृष्टिले अष्ट्रेलियामा कति राष्ट्र रहेका छन् ? – १४ राष्ट्र
– अष्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन हो ? – आइरा ताल
– अष्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहको छ ? – १०° दक्षिणी अक्षांशदेखि ४०° दक्षिणी अक्षांससम्म
– अष्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहको छ ? – ११४° पूर्व देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
– अष्ट्रेलिया महादेशको पूर्वमा कोरल र टामसन समुद्र पश्चिममा हिन्द महासागर,उत्तरमा पपुवा न्युगिनी पर्छ भने दक्षिणमा के पर्छ ? – न्यूजिल्यान्ड

यूरोप

– सम्पूर्ण महादेश उत्तरी गोलाद्र्धमा रहेको यसको अवस्थिति ३६ डिग्रीदेखि ७१ डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि ६५ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । 
– उत्तर दक्षिण दूरी ४८०० कि.मि. र पूर्व पश्चिम दूरी ६४०० कि.मि. रहेको यो महादेशमा ४७ राष्ट्रहरू रहेका छन् जस मध्ये १८ भूपरिबेष्ठित राष्ट्रहरू समेत पर्दछन् । 
– प्रमुख तालहरू – भ्यानेर्नभेइटर्नओनेगाल्याडोगा 
– महादेशको सबैभन्दा ठूलो ताल – क्यास्पियन सागर (यूरोप र एसियामा अवस्थित यसको क्षेत्रफल ३,७१,००० वर्ग कि.मि. रहेको छ) 
– यूरोप महादेशको सबैभन्दा ठूलो देश रुस र सानो (बिश्वकै) देश भ्याटिकन सिटी हो । जनसंख्याको आधारमा ठूलो देश जर्मनी हो । 
– यूरोपमा पर्ने दोहोरो भूपरिबेष्ठित राष्ट्र लिचेस्टाइन हो । यसलाई अष्ट्रिया र स्वीजरल्यान्डले घेरेका छन् ।
– यूरोप महादेशको पूर्वमा एशियापश्चिममा आन्द्र महासागरउत्तरमा सुमेरू महासागर र दक्षिणमा भूमध्यसागर पर्दछ ।