–यस महादेशको अवस्थिति १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि १६० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ ।
– यसको नाम अमेरिगो विस्फक्की नामका साहसी यात्रीको नामबाट राखिएको हो ।
– सबैभन्दा होचो भाग - डेथभ्याली (सं.रा. अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने समुद्री सतहबाट ८६ मिटर गहिरो)
– सबैभन्दा ठूलो ताल - सुपेरियर लेक (अमेरिका र क्यानडाको बीचमा
– क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देश - क्यानडा
– उत्तर दक्षिण सरदर लम्बाई ७२०० कि.मि. र पूर्व पश्चिम चौडाई ४८०० कि.मि. रहेको छ ।
– यसको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरू महासागर र दक्षिणमा दक्षिण अमेरिका महादेश रहेको छ । उत्तर र दक्षिण अमेरिकालाई पानामा नहरले छुट्याएको छ ।
– यो महादेशलाई क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा पत्ता लगाएको हुनाले नयाँ संसार पनि भनिन्छ ।
– क्षेत्रफलको हिसावले तेस्रो ठूलो महादेश कुन हो ? - उत्तर अमेरिका
– उत्तर अमेरिका महादेश कति अक्षांशबीच फैलिएको छ ? - १०° उत्तरी अक्षांशदेखि ८०°उत्तर अक्षांशसम्म
– उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ? - पानामा नहर
– उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलार्ई के भनिन्छ ? - प्रेयरी
– नयाँ संसारको उपनामले चिनिने महादेश कुन हो ? - उत्तर अमेरिका
– उत्तर अमेरिका महादेशमा कतिवटा भू–परिवेष्ठित देश छन् ? - भू-परिवेष्ठित राष्ट्र« छैनन्
– उत्तर अमेरिकाको सबैभन्दा अग्लो भू–भाग कुन हो ? - माउन्ट म्याकिन्ले (६१९४मि.)
– उत्तर अमेरिका महादेशको सबैभन्दा लामो नदीको नाम के हो ? - मिसिसिपी–मिसौरी
– उत्तर अमेरिका महादेशको सबभन्दा ठूलो राष्ट्र कुन हो ? - क्यानडा
– ‘पश्चिम गोलाद्र्धको महादेश’ का नामले समेत चिनिने महादेश कुन हो ? - उत्तर अमेरिका
– उत्तर अमेरिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ? - न्यूयोर्क, वासिंगटन डी.सी.,सनफ्रान्सिस्को, सिकागो, मेक्सिको, मन्ट्रियल, ओटावा आदि
– उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ? - क्यालिफोर्नियाको डेथ भ्याली (अमेरिका)
– उत्तर अमेरिका महादेशमा पर्ने प्रमुख तालहरू कुन–कुन हुन् ? - सुपेरियर ताल, मिचिगन ताल, ह्युरन ताल, इरीताल, ओन्टेरियो ताल आदि
– ताजा पानीको तालको रूपमा चिनिने सुपेरियर ताल कुन महादेशमा पर्छ ? - उत्तर अमेरिका
– उत्तर अमेरिकाको प्रशिद्ध सहर न्यूर्योक कुन नदीको किनारमा अवस्थित छ ? - हडसन्
– उत्तर अमेरिका महादेशको सबभन्दा सानो राष्ट्र कुन हो ? - सेन्ट किट्स एन्ड नेभिस
– विश्वकै सबैभन्दा ठूलो गुम्बज एष्ट्रोड्रम कुन महादेशमा अवस्थित छ ? - उत्तर अमेरिका
– उत्तर अमेरिका महादेशको नाम कसको नामबाट राखिएको हो ? - अमेरिगो विस्पुक्की नामक साहसी यात्री
– विश्वको सबैभन्दा ठूलो गुम्बज कुन हो ? - एस्ट्रोडम उत्तर अमेरिका)
– उत्तर अमेरिकाका ५ वटा तालहरू सूपेरियर, मिचिगन, ह्युरन, इरी र ओन्टेरियोको समूहलाई के भनिन्छ ? - महान ताल (Great Lakes)
– उत्तर अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ? - मिसिसिपी-मिसौरी, हड्सन, युकन,अरकन्सास, कोलोराडो
– विश्वको सबैभन्दा ठूलो नेसनल पार्क कुन हो ? - क्यानडाको उड वफेलो नेसनल पार्क उत्तर अमेरिका)
– उत्तर अमेरिका महादेश कति देशान्तरबीच अवस्थित छ ? - २०° पश्चिमी देशान्तरदेखि १६०° पश्चिमी देशान्तरसम्म
– उत्तर अमेरिका महादेशको उत्तर दक्षिण सरदर लम्बाइ कति रहेको छ ? - ७२०० किलोमिटर
– उत्तर अमेरिका महादेशको पूर्व पश्चिम सरदर चौडाइ कति रहेको छ ? - ४८०० किलोमिटर
–उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामूखी स्थल हो ? - माउन्ट सान्ता मारिया (ग्वाटेमाला)
– उत्तर अमेरिकाको सवैभन्दा ठूलो ताल कुन हो ? - लेक सुपेरियर
0 Comment to "उत्तर अमेरिका महादेश सम्बन्धी जानकारी"
Post a Comment