Sunday, January 28, 2018

नेपालको शासन पद्धति र सरकार

नेपालको बर्तमान संबिधान
संविधानको परिचय 
संविधान  राज्य  सञ्चालन  सम्बन्धी  सिद्धान्तहरू  यकिन  गर्ने,  राज्य शक्तिकोबाँडफँड गर्ने र नागरिकका हक अधिकारको संरक्षण गर्ने राज्यको मूल  कानून हो । संविधान अन्तरगत संविधानको कार्यान्वयन गर्न अन्य कानूनहरू निर्माण  गरिन्छन्  ।  यसले  शासकको  अधिकारको  सीमा  तोक्नेदेखि  शासकिय  प्रणालीको स्वरूप र संरचना यकिन गर्ने कार्य समेत गर्दछ ।संविधान विभिन्न प्रकारले निर्माण गरिन्छन् । वेलायती अलिखित संविधान परिस्कृत कानूनहरूको संग्रह हो । सामान्य कानूनमा आएको निखार र परिपक्वताले संवैधानिक हैसियत स्वरूप कार्य गर्दछ ।
संविधान सभाबाट संविधान निर्माण गर्ने लोकतान्त्रिक विधि भए तापनि पार्टी राजनीतिबाट पृथक हुन नसक्ने भएकोले संविधानसभामा राज्यका सम्पूर्ण पक्षका लागि मान्य संविधान पाउन चुनौतिपूर्ण हुने देखिन्छ । विज्ञ समूहजनमत संग्रह आदिबाट समेत संविधान जारी भएका उदाहरण छन् । निरंकुश शासन प्रणालीमा राष्ट्र प्रमुखबाट नै संविधान जारी गरेका उदाहरण नेपालकै परिपेक्षमा समेत देख्न सकिन्छ ।नेपालको  संविधान  (२०७२)  नेपालको  संवैधानिक  इतिहासमा  सातौं संविधान तथा संविधान सभाबाट जारी भएको पहिलो संविधान हो । नेपालको संविधान जनताका प्रतिनिधिहरू रहेको संविधान सभाबाट २०७२ साल असोज ३ गते जारी भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्धारा दिगो शान्तिसुशासनविकास र समृद्धिको आकांक्षा पूरा गर्ने मूल उद्धेश्यले संविधान सभाबाट पारित गरी जारी गरिएको यो संविधान कार्यान्वयनको शुरुवाती चरणमा रहेको छ । यो संविधानको कार्यान्वयन संगै मुलुकले सदियौंदेखि अपनाउँदै आएको एकात्मक शासन प्रणालीको विधिवत् अन्त्य भई देश संघीयलोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गरेको छ ।
C.F Strong को परिभाषा:
"
संविधान त्यस्तो सिद्धान्तहरुको समूह होजसले शासकको शक्ति र शासितको अधिकार तथा दुवैको विचको सम्बन्ध निश्चित गरेको हुन्छ । संविधानको उद्देश्य शासकको स्वेच्छाचारिता नियन्त्रण गर्ने शासितहरुको अधिकारको रक्षा गर्ने र सार्वभौम शक्तिलाई परिभाषित गर्ने रहेको छ ।"
संविधान के हो ?
-- 
सार्वभौमसत्ताको आधारभूत रुपमा प्रयोग गर्ने विधिको निर्धारण गर्ने दस्तावेज
-- 
राज्य शक्ति बाँडफाँडत्यसको प्रयोग र नियन्त्रण तथा सन्तुलनको ब्यवस्था गर्ने मापदण्ड
-- 
शासकको अधिकार नियन्त्रण र नागरिकको अधिकारको रक्षा गर्ने सर्वोच्च कानुन
-- 
राष्ट्रिय कानुन प्रणालीको मेरुदण्ड
-- 
संविधानवाद र कानुनी शासनको आधार हो संविधान ।
संविधानका कार्यहरु :
1. 
अंगहरुको सिर्जना
2. 
अधिकार बाँडफाँड
3. 
नियन्त्रण सन्तुलन
4. 
नागरिक अधिकारको सुरक्षा गर्ने
5. 
राज्यको र नागरिकको सम्बन्ध निर्धारण गर्ने
6. 
राज्य संचालन विधिको निर्धारण गर्ने आदि ।
संविधानका प्रकार वर्गिकरण :
 
१) लिखित र अलिखित
 
२) कठोर - नरम
 
३) संसदिय - अध्यक्षात्मक
 
४) गणतन्त्रात्मक ( राजतन्त्रात्मक 

Share this

0 Comment to "नेपालको शासन पद्धति र सरकार"

Post a Comment