Sunday, January 28, 2018

पहाडी प्रदेश



• तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।
• नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।

• नेपालको कूल क्षेत्रफलको ६८ % भूभाग ओगटेको,
• कृषि पेशा नै यहाँको प्रमुख पेशा,
• भित्री पहाड (मध्य भूमि)महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा बाँड्न सकिन्छ ।
• यहाँ ब्राम्हणक्षेत्रीकिराँतगुरूबमगरतामाबराईलिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

क) मध्य भूमिभित्री (पहाड)
• हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृब्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तरदक्षिण) रहेको छ भने उचाई समुद्र सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ ।
• विश्वकै गहिरो (४५७ मिटर) अरूण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
• यस क्षेत्रमा विभिन्न टारहरू र कोशीगण्डकीत्रिशुलीसुनकोशीअरूण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।

ख) महाभारत लेक
• मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृब्खलालाई नै महाभारत लेक भनिन्छ ।
• यो क्षेत्रलाई कोशीगण्डकीकर्णाली आदि नदीहरूले काटेका छन् ।
• रमणीय र स्वस्थ्यकर हावापानी भएको कारणले महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी पनि भनिन्छ ।
• महाभारतको सबै भन्दा अग्लो चुचुरा शैलुब पर्वत दोलखा जिल्लामा पर्दछ ।
• यसको उचाई करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
• ग्राफाइटग्रेनाइटस्लेटबलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ ।

ग) चुरे पर्वत
• महाभारत पर्वत श्रृब्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत शिवालिक श्रेणी) भनिन्छ ।
• यो पर्वत बलौटे ढुङ्गारोडाकंकडपत्थरबालुवाअभ्रख आदि मिलेर बनेको छ ।
• पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग ९४६२ फिट उचाई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।
पहाडी प्रदेशका विशेषताहरू
– देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भूभाग ओगटेको,
– कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रूपमा अपनाइने गरेको,
– देशको राजधानी काठमाडौँ यसै क्षेत्रमा पर्ने,
– पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,
– हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
– विविधतायुक्त रहनसहनभेषभुषा तथा संस्कृतिको थलो,
– मनोरम एवं स्वस्थ्यकर हावापानी आदि ।

Share this

0 Comment to "पहाडी प्रदेश"

Post a Comment