Sunday, January 28, 2018

तराई प्रदेश

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
• औद्योगिकव्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूलाठूला औद्योगिक सहरहरू रहेका छन् ।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराईभावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

मूख्य तराई
• नेपालको सबैभन्दा दक्षिणी भागमा रहेकोदक्षिण तर्फ होचिदै गएको भूभागलाई खास तराई भनिन्छ ।
• मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
• समुद्र सतह देखि २०० मिटर उचाईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको,
• यस भागलाई नेपालको अन्न भन्डार पनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई र पश्चिमी तराई गरी विभाजन गरिएको छ ।

भावर प्रदेश
• खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाईसम्म फैलिएको साँगुरो पेटिलाई भावर क्षेत्र भनिन्छ ।
• बालुवायुक्तफुस्रो नरम माटोले बनेको समुद्र सतहभन्दा करिब ३०० मिटरको उचाईमा रहेको,
• पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मि.सम्म र चौडाई १० देखि १५ कि.मि. सम्म फैलिएको छ,
• हरियो वन नेपालको धन भनी उखान प्रचलित गराउनमा भूमिका खेल्ने चारकोशे झाडी यसै क्षेत्रमा पर्दछ ।

भित्री मधेस
• चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाइ भित्री मधेस वा दुन क्षेत्र भनिन्छ ।
• ३२ देखि ६४ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५ % भूभाग समेटिएको छ ।
• उदयपुरसिन्धुलीनवलपरासीचितवनदाबमकवानपुर र सुर्खेत गरी ७ जिल्ला पर्दछन् ।
• पहाडको बीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी पाइन्छ ।


तराई प्रदेशका विशेषताहरू
– नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्ने,
– औद्योगिकव्यवसायिक तथा आर्थिकसामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
– नेपालको अन्न भण्डारको रूपमा चिनिने,
– अत्यन्त गर्मीधेरै वर्षातउब्जाउ जमिनघना बस्ती रहेको,
– भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको,
– मैथिलीभोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिहरूको बसोबास रहेको ।

Share this

0 Comment to "तराई प्रदेश"

Post a Comment