Sunday, January 28, 2018

एसिया महादेश सम्बन्धी जानकारी

– पृथ्वीको १० डिग्री दक्षिणदेखि ७८ डिग्री उत्तरी अक्षांश र २५ डिग्री पूर्वदेखि १७० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।
– भूगोल र जनसंख्या दुवै हिसावले एशिया विश्वको सवैभन्दा ठूलो महादेश हो । 
– एशिया महादेशको उत्तरदक्षिण चौडाइ सरदर ८६०० कि.मि. र पूर्व पश्चिम लम्बाइ सरदर ९६०० कि.मि. छ । 
– यसको पूर्वमा प्रशान्त महासागरदक्षिणमा हिन्द महासागरपश्चिममा यूरोप महादेश र उत्तरमा सुमेरू महासागर रहेको छ । 
– एसिया महादेशस्थित नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ कति छ ? - ,८४८ मि. (२९,०२८ फिट)
– सियाचीन कुन महादेशको हिमनदीको नाम हो ? - एसिया 
– नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ? - ०.३%
– एसियालाई विषमताको महादेश पनि भनिन्छ किनभने संसारको सबैभन्दा अग्लो शिखर सगरमाथासबैभन्दा होचो भाग मृतसागरसबैभन्दा बढी गर्मी हुने जाकोवावादसबैभन्दा चिसो साइवेरियासबैभन्दा फराकिलो पठार तिब्बतसबैभन्दा उचाईको ताल तिलिचोसबैभन्दा गहिरो ताल बैकालसबैभन्दा ठूलो प्रायद्विप अरब प्रायद्विप जस्ता विविधताहरू यसै महादेशमा पर्दछन् । विश्वको सबैभन्दा बढी वर्षा हुने क्षेत्र भारतको चेरापुन्जीसबैभन्दा गहिरो गल्छी नेपालको काली गण्डकी  (६९६७ मिटर) आदि यसै महादेशमा पर्दछन् । 
– एसिया महादेशमा कतिवटा भूपरिबेष्ठित राष्ट्र«हरू छन् ? - १२
– एसिया र यूरोप महादेशको सीमानामा रहेको पर्वत कुन हो ? - यूराल पर्वत
– विश्वको दोस्रो बढी जनसंख्या भएको देश कुन हो ? - भारत
– एसिया महादेशमा पर्ने विश्वको सबभैभन्दा होचो भाग कुन हो ? - मृतसागर (इजरायल)
– विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ? - चेरापुञ्जी (भारत)
– एसिया महादेशमा पर्ने विश्वको सबभन्दा होचो उपत्यका कुन हो ?      -  अरुण उपत्यका  (नेपाल)
– एसिया महादेशमा पर्ने विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ? - चीन
– एसिया महादेशको सबैभन्दा ठूलो देश कुन हो ? - चीन
– कुन महादेशलाई Home of man  भनी चिनिन्छ ? - एसिया
– एसिया महादेशमा पर्ने विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? - क्यास्पियन ताल
– एशिया महादेशमा पर्ने प्रमुख नदीहरूमा याङ्सेगंगाह्वाङ्ग होमेकङ्गअमुर आदि हुन ।
एसिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर
– विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? - एसिया 
– एसिया महादेशको पश्चिममा अवस्थित महादेश कुन हो ? - यूरोप 
– पृथ्वीमा रहेका ७ महादेशहरू मध्ये विषमताको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? -एसिया
– एसिया महादेशको सवैभन्दा लामो नदी कुन हो ? - याङ्से
– एसिया महादेशमा पर्ने विश्वकै सर्वोच्च स्थानमा रहेको ताल तिलिचो कुन देशमा छ ? -नेपाल
– एसिया महादेशको देशान्तरीय अवस्थिति कस्तो छे ? - २५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पूर्वी देशान्तरसम्म
– एसिया महादेशको अक्षांशीय फैलावट कति छ ? - १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म
– एसिया महादेशको सरदर लम्वाई कति छ ? - ९६०० कि.मि. 
– एसिया महादेश र उत्तर अमेरिका महादेशकोबीचमा कुन सागर छ ? - बेरिङ सागर 
– पामिर पठार कति उचाइमा अवस्थित छ ? - लगभग ५००० मिटर
– पामिर पठारलाई अर्को कुन नामले पनि चिनिन्छ ? - संसारको छानो (Rooof of the World)
– एसिया महादेशमा पर्ने विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? - म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको गल्छी

Share this

0 Comment to "एसिया महादेश सम्बन्धी जानकारी"

Post a Comment