१८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई ........... भनिन्छ । औद्योगिक क्रान्ति
• औद्योगिक क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ? अठारौं शताब्दिको मध्यबाट
• कागजको आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ? चीन
• बेलायतमा पहिलो रेल कहिले बनेको हो ? सन् १८०४ मा
• औद्योगिक क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य मूलुकहरूमा
• अठारौं शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिने व्यक्ति को हुन् ? इतिहासकार रायनबी
• पहिलो रेलवे इन्जिन कसले बनाएको थियो ? म्याक डमले
• औद्योगिक क्रान्तिले कुटिर उद्योगलाई विस्थापित गरी के को सुरुवात ग¥यो ? यान्त्रिक युगको
• हारग्रीब्सले धागो काट्ने मेशीनको आविष्कार कहिले गरे ? सन् १७६४ मा
• औद्योगिक क्रान्ति हुनुपूर्व बेलायत कस्तो राष्ट्र थियो ? कृषि प्रधान
• औद्योगिक क्रान्तिपछि मानिसहरूमा कस्तो जीवन पद्धति भयो ? उद्योगमा आधारित
• औद्योगिक क्रान्तिको परिणाम स्वरूप समाजमा कुन–कुन वर्गको उदय हुन पुग्यो ? पूँजीपती वर्ग र मजदुर वर्ग
• औद्योगिक क्रान्ति भन्नाले के बुझिन्छ ? औद्योगिक जीवनमा शुरु भएको नविन प्रक्रिया
• वाफको शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ? जर्ज स्टिफेन्सन
• खानीमा काम गर्ने कामदारहरूको सुरक्षाका लागि ‘सेफ्टी ल्याम्प’ को आविस्कार कसले गरेका हुन् ? हम्फ्री डेभी (सन् १८१५)
• Spinning Jenny ले हातले भन्दा कति गुणा बढी धागो कात्न सक्दथ्यो ? आठ गुणा
• पावरलुमका आविष्कारक को हुन् ? एडमण्ड कार्टराइट (Edmund Cartwright)
• स्टीम इन्जिन आविष्कार कसले कहिले गरे ? १७६५ मा जेम्सबाटले
• औद्योगिक क्रान्तिले बेलायतलाई कृषि प्रधान देशबाट कस्तो देशमा रूपान्तरण ग¥यो? औद्योगिक राष्ट्रमा
• औद्योगिक क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ ? यान्त्रिक क्रान्ति
• काठमा कपडा बुन्ने मेसिन (Flying Shuttle) को आविष्कार कसले र कहिले गरेका हुन्? जोन के (John Kay)
0 Comment to "औद्योगिक क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर"
Post a Comment