– सम्पूर्ण महादेश उत्तरी गोलाद्र्धमा रहेको यसको अवस्थिति ३६ डिग्रीदेखि ७१ डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि ६५ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।
– उत्तर दक्षिण दूरी ४८०० कि.मि. र पूर्व पश्चिम दूरी ६४०० कि.मि. रहेको यो महादेशमा ४७ राष्ट्रहरू रहेका छन् जस मध्ये १८ भूपरिबेष्ठित राष्ट्रहरू समेत पर्दछन् ।
– प्रमुख तालहरू – भ्यानेर्न, भेइटर्न, ओनेगा, ल्याडोगा
– महादेशको सबैभन्दा ठूलो ताल – क्यास्पियन सागर (यूरोप र एसियामा अवस्थित यसको क्षेत्रफल ३,७१,००० वर्ग कि.मि. रहेको छ)
– यूरोप महादेशको सबैभन्दा ठूलो देश रुस र सानो (बिश्वकै) देश भ्याटिकन सिटी हो । जनसंख्याको आधारमा ठूलो देश जर्मनी हो ।
– यूरोपमा पर्ने दोहोरो भूपरिबेष्ठित राष्ट्र लिचेस्टाइन हो । यसलाई अष्ट्रिया र स्वीजरल्यान्डले घेरेका छन् ।
– यूरोप महादेशको पूर्वमा एशिया, पश्चिममा आन्द्र महासागर, उत्तरमा सुमेरू महासागर र दक्षिणमा भू–मध्यसागर पर्दछ ।
– यस महादेशले कूल पृथ्वीको क्षेत्रफलको २ प्रतिशत र भू–सतहको ६.८२ प्रतिशत ओगटेको छ ।
– प्रमुख नदीहरू – डेन्युव, राइन, भोल्गा, युराल, डन, नेइपर हुन् ।
– यूरोप महादेशका प्रमुख सहरहरू : मस्को (रुस), लण्डन, म्यानचेस्टर (बेलायत), पेरिस (फ्रान्स), बोन, बर्लिन, म्युनिख (जर्मनी), बर्न (स्वीट्जरल्यान्ड), भियना (अस्ट्रिया), वार्सा (पोल्यान्ड), रोम (इटली), मेड्रिड, वार्सिलाना (स्पेन), ओस्लो (नर्वे), स्टकहोम (स्वीडेन) आदि
– महादेशको सबैभन्दा अग्लो स्थान – माउण्ट एल्बु्रज (रूसमा पर्दछ र ५६३३ मिटर)
– महादेशको सबैभन्दा होचो स्थान – क्यास्पियन सागर (यो समुद्र सतहबाट ९२ फिट गहिरो छ)
– विश्वकै सबैभन्दा ठूलो हिउँ गुफा – अष्ट्रियामा रहेको इसरी सेनवेल्ट केभ
– प्रमुख उद्योगहरू – खाद्यान्न, फलफूल, मेशिनरी, मत्स्य, वनजन्य उद्योग आदि ।
0 Comment to "यूरोप"
Post a Comment