Toxicology विषयको प्रकृति, स्वाभाव र शरीरमा त्यसले पार्ने असरवारे अध्ययन गर्ने विज्ञान
एकोस्टिक (Acoustic) ध्वनि , प्रसार र ग्रहणबारे अध्ययन गर्ने विज्ञान ।
एनाटोमी (Anatomy) शरीरको चिरफार गरी यसको संरचनाबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोलोजी (Astrology) ज्योतिषशास्त्र वा नक्षत्रशास्त्रबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोनोमी (Astronomy) गणित, ज्योतिष, अन्तरिक्ष पिण्डको अध्ययन गर्ने विज्ञान ।
ब्याक्टेरियोलोजी (Bacteriology) जीवाणु सम्बन्धित रोगहरुको उत्पत्ति,विस्तार तथा त्यसको निवारणबारे अध्ययन गर्ने विज्ञान
वोटानी (Botany) वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा
बायोनोमी (Bionomy) जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञान
केमेस्ट्री (Chemistry) रसायनशास्त्रसम्बन्धी अध्ययन गर्ने विज्ञान
क्लाइमेटोलजी (Climatology) जलवायु को अध्ययन गर्ने विज्ञान
किमोथेर्या पी (Chemotherapy) रसायनीक योगीकहरुद्वारा उपचार गर्ने चिकित्सा विज्ञानको शाखा
एपीकल्चर (Apiculture) मौरीपालन गरी मह उत्पादन गर्ने कला ।
एग्रोनमी (Agronomy) बाली विज्ञान गर्ने विज्ञान ।
एन्थ्रोपोलोजी (Anthropology) मानव विकाससम्बन्धी अध्ययन गर्ने विज्ञान
अलकेमी (Alchemy) अन्य धातुलाई सुनमा परिणत गर्ने सम्बन्धी प्राचीन रुप हो ।
एस्ट्रोनोटिक्स (Astronautics) अन्तरिक्ष यात्रासम्बन्धी अध्ययन गर्ने विज्ञान
अर्केयोलोजी (Archaeology) ऐतिहासिक महत्वका वस्तुहरु– स्मारक, मूर्ति,मन्दिर तथा भवनको अध्ययन गर्ने विज्ञान । पुरातत्व विज्ञान अध्ययन गर्ने विज्ञान
आर्वोरिकल्चर (Arboriculture) रुख विरुवाकाहरुको खेत गर्ने कलाबारे अध्ययन गर्ने विज्ञान हो ।
साइवरनेटिक्स (Cybernatics) मानव र मेसिनबीचको सम्बन्धबारे अध्ययन गर्ने विज्ञान
कस्मोलजी (Cosmology) ब्रहमाण्डको उत्तपत्तिको बारेमा अध्ययन गर्ने शास्त्र
क्रोनोलोजी (Chronology) कालक्रम अध्ययन गर्ने शास्त्र
डेमोग्राफी (Demography) जनसंख्या सम्बन्धी अध्ययन गर्ने शास्त्र
इपिडेमियोलोजी (Epidemiology) रोगहरु र तिनको उपचारसम्बन्धी चिकित्सा विज्ञान
एन्टोमोलोजी (Entomology) कीरा फटयाङग्राहरुको अध्ययन गर्ने विज्ञान हो । इथिक्स (Ethics) नीतिशास्त्रसम्बन्धी अध्ययन गर्ने विज्ञान
इथ्नोलोजी (Ethnology) धर्म, संस्कृति, इतिहासका आधारमा कुनै जाति विशेषको अध्ययन गर्ने शास्त्र
एक्स–बायोलोजी (Ex-Biology) पृथ्वीबाहेक अन्य ग्रहहरुमा पनि जीवनको अस्तित्वबारे अध्ययन गर्ने विज्ञान
जेनेटिक्स (Genetics) वंश परम्पराको अध्ययन गर्ने विज्ञान
जियोलोजी (Geology) भू–गर्भ अध्ययन गर्ने विज्ञान
जेरोन्टोलोजी (Gerentology) वृद्धावस्थाबारे अध्ययन गर्ने विज्ञान
जेनेसियोलेजी (Genesiology) मानव जातिको पिंठी दरपिढीको अध्ययन गर्ने विज्ञान (वंशावली विज्ञान)
गायनेकोलोजी (Gynecology) स्त्रीरोग सम्बन्धमा अध्ययन गर्ने विज्ञान
पेडोलजी (Pedology) माटोको बनावट र विकासबारे अध्ययन गर्ने विज्ञान हो ।
फ्रेनोलोजी (Phrenology) मानव मस्तिष्क तथा खप्परको अध्ययन गर्ने विज्ञान
फिजिक्स (Physics) भौतिकशास्त्र अध्ययन गर्ने विज्ञान
फिजियोलोजी (Physiology) जीवन तथा वनस्पतिहरुको संरचना तथा कार्यहरुको अध्ययन गर्ने विज्ञान
पोमोलोजी (Pomology) फलफूलहरुको अध्ययनसँग सम्बद्ध अध्ययन गर्ने विज्ञान
पोल्ट्री (Polutry) कुखुरा, बट्टाई, हाँस, लौकाट आदि पंछि पालनसम्बन्धी अभ्ययन गर्ने विज्ञान
फर्माकोलोजी (Pharmacology) औषधी निर्माण विधिसंग सम्बन्त्रित चिकित्सा विज्ञानको शाखा
साइकोलोजी (Psychology) मनोविज्ञान अध्ययन गर्ने शास्त्र
पिसीकल्चर (Pisiculture) व्यावसायिकरुपमा माछा पालनसम्बन्धी अध्ययन गर्ने शास्त्र
रेडियोलोजी (Radiology) अदृश्य प्रकाश किरणहरुको अध्ययन गर्ने विज्ञान
हर्टिकल्चर (Horticulture) बागवानी सम्बन्धी अध्ययन गर्ने विज्ञान
हाइड्रोलोजी (Hydrology) पानीसम्बन्ध अध्ययन गर्ने विज्ञान
हाइजीन (Hygiene) सुस्वास्थ्य र सरसफाई सम्बन्धी अध्ययन गर्ने विज्ञान
माइक्रो वायोलोजी (Microbiology) सूक्ष्म जीव अध्ययन गर्ने विज्ञान
मोर्फोलोजी (Morphology) पृथ्वीमा पाइने पशु तथा रुख बिरुवाको संरचना , रुप र आकार प्रकारबारे अध्ययन गर्ने
न्यूरोलोजी (Neurology) नसा तथा मस्तिष्कसम्बन्धी अध्ययन गर्ने विज्ञान
ओडोन्टोग्राफी(Odentography) दाँतहरुको अध्ययन गर्ने चिकित्सा विज्ञान
ओरोलोजी (Orology) पहाडहरुको अध्ययन गर्ने विज्ञान
अर्निथोलोजी (Ornithology) पंक्षीहरुबारे अध्ययन गर्ने विज्ञान
अप्टिक्स (Optics) प्रकाशबारे अध्ययन गर्ने विज्ञान
ओस्टेलोजी ( Ostelogy) हाडहरुको अध्ययन गर्ने विज्ञान
पेडागोजी (Pedagogy) अध्यापन गर्ने कलाको अध्ययन गर्ने विज्ञान
प्याथोलोजी (Pathology) रोगहरुको उत्पत्ति, प्रकृति र नियन्त्रण र उपचारबारे अध्ययन गर्ने चिकित्सा विज्ञान
सेरीकल्चर (Sericulture) रेशम खेती अध्ययन गर्ने शास्त्र
सिस्मोलोजी (Seismology) भूकम्पको उत्पत्ति, गति परिवर्तनबारे अध्ययन गर्ने विज्ञान
सेलिनोग्राफी (Selenography) चन्द्रमाको बारेमा अध्ययन गर्ने विज्ञान
भाइरोलोजी (Virology) भाइरस जीवाणुहरुको अध्ययन गर्ने विज्ञान
0 Comment to "केहि विषयको अध्ययन गर्ने विज्ञान"
Post a Comment